Below Menu
Below Menu

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ४२ प्रतिशत लाभांश दिने, पुस ४ गते बोलायो साधारणसभा 

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ४२ प्रतिशत लाभांश दिने, पुस ४ गते बोलायो साधारणसभा 

काठमाडौं : एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले लाभांश घोषणा गरेको छ । कात्तिक २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस ४ गते, शुक्रबार, १३ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा आम्रपाली ब्यान्क्वेट, थिरबम सडक, काठमाडौँमा बिहान ९ बजे हुनेछ ।

सभाले लाभांश वितरणका साथै बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित पनि पारित गर्नेछ।

Advertisment

थप समाचार