काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.३१ अंकले बढेर २५४४.९१ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से २०.५६ अंकले घटेर २५४४. ५९ बन्द भएको थियो ।
आज कारोबारमा आएका १२३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ४९ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा तीन अर्ब ८४ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन पावर पार्नर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा माबिलुङ इनर्जी र श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्शन कम्पनी रहेका छन्। आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो। आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ४. ८२ प्रतिशतले घटेको छ ।
Advertisment