Below Menu
Below Menu

नागरिक लगानी कोषको नाफा बढेपनि किन घट्यो प्रतिशेयर आम्दानी ? 

नागरिक लगानी कोषको नाफा बढेपनि किन घट्यो प्रतिशेयर आम्दानी ? 

काठमाडौं : नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ३१ करोड ४३ रुपैयाँ खुद नाफा कमाएको छ।

उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.४३ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा कम्पनीले ३० करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

असोज मसान्तसम्म आइपुग्दा कोषको खुद ब्याज आम्दानी बढेका कारण नाफामा वृद्धि देखिएको हो । यसका साथै कोषको वित्तीय खर्च घटेका कारण पनि नाफा बढेको हो । 

प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कोषको सेवा तथा कमिशन आम्दानी ९.१३ प्रतिशत बढेको छ भने कुल आम्दानी ३.९० प्रतिशत बढेको छ । त्यस्तै कोषको ब्याज आम्दानी १८.८७ प्रतिशतले घटेको छ भने कुल खर्च २४.२३ प्रतिशतले घटेको छ।

यस अवधिमा आइपुग्दा नाफा बढेपनि कोषको प्रतिशेयर आम्दानी (इपीएस) भने घटेको छ। असोज मसान्तसम्म कोषको इपीएस ०.४८ रुपैयाँले घटेर १९.४० रुपैयाँमा झरेको छ। त्यस्तै कोषको मूल्य आम्दानी अनुपात १०२।१५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६९.०८ रुपैयाँ रहेको छ । 

असोज मसान्तसम्म छ अर्ब ४८ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कोषको जगेडा कोषमा २० अर्ब २४ करोड ८८ लाख रुपैयाँ सञ्चित छ।

Advertisment

थप समाचार