काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा १३ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिमा तुलनामा ०.४३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षमा कम्पनीले १३ करोड नौ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको कर्जा तथा लगानीबाट हुने आम्दानी र खुद बीमाशुल्क बढेसँगै नाफा बढेको हो। गत वर्ष ४७ करोड ५० लाख रूपैयाँ रहेको कम्पनीको कर्जा तथा लगानीबाट हुने आम्दानी बढेर ५४ करोड ८९ लाख रुपैयाँ पुगेको छ
कम्पनीको जीवन बीमा कोष ३८ प्रतिशतले वृद्धि भई २१ अर्ब ५९ करोड पुगेकाे छ । गत आर्थिक वर्षको असोज मसान्तसम्म जीवन बीमा कोषको आकार १५ अर्ब ६३ करोड थियो ।
त्यस्तै कम्पनीले यसअवधिमा दुई अर्ब १२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले एक अर्ब ६५ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आवको वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २८.७३ प्रतिशतले वृद्धि भएको छ।
Advertisment