Below Menu
Below Menu

आशा लघुवित्तको लाभांश घोषणा 

आशा लघुवित्तको लाभांश घोषणा 

काठमाडौं : आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक २८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

संस्थाले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशतका दरले हुन आउने छ करोड ९६ लाख ३९ हजार ३९६ दशलमव ६० रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५ प्रतिशत अर्थात ३६ लाख ६५ हजार २३१ दशमलव ४० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।

Advertisment

थप समाचार