काठमाडौं : सर्वोत्तम सिमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुन आउने २४ करोड ८७ लाख ७५ हजार रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि १५ प्रतिशत अर्थात ७४ करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।