Below Menu
Below Menu

झिनो अंकले घट्यो शेयर बजार, तीन अर्ब ८९ करोडको कारोबार 

झिनो अंकले घट्यो शेयर बजार, तीन अर्ब ८९ करोडको कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार झिनो  अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.१५ अंकले घटेर २५४०.५७ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ०.३१ अंकले बढेर २५४४.९१ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ७४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ। 

शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा तीन अर्ब ८९ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा तीन अर्ब ४९ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सिद्धार्थ डिबेञ्चरको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २८ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा सागर डिष्ट्रिलरी, बुंगल हाइड्रो र बन्दिपुर केवलकार एण्ड टुरिजम कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको हो । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 

Advertisment

थप समाचार