Below Menu
Below Menu

आईपीओ निष्कासनको पाइपलाइनमा थपिए तीन लघु बीमासहित छ कम्पनी 

आईपीओ निष्कासनको पाइपलाइनमा थपिए तीन लघु बीमासहित छ कम्पनी 

काठमाडौं : सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै विभिन्न छ कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । तीन लघुबीमा कम्पनीसहित छ कम्पनी आईपीओ निष्कासनको पाइपलाइनमा थपिएका हुन् । 

लामो समय आन्दोलनरत रहेका बोर्डका कर्मचारीहरुको आन्दोलन टुगिंएसँगै सेबोनमा आईपीओ निष्कासनका लागि आवेदन दिने कम्पनीको संख्या थपिएको हो । 

बोर्डका अनुसार लघुबीमातर्फ प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशनको लागि आवेदन दिएका छन् भने उत्पादन तथा प्रशोधन समूह अन्तर्गत एनसी एग्रोटेक इन्डस्ट्रिज, दाउन्ने एग्रो फार्म लिमिटेड र जस्मिन पेन्टस लिमिटेडले बोर्डमा आवेदन दिएका छन् । 

कम्पनीहरुले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कास गर्न लागेको हन् । बोर्डका अनुसार एनसी एग्रोटेक इन्डस्ट्रिज लिमिटेडले १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता, दाउन्ने एग्रो फार्मले १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता र जस्मिन पेन्टसले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपीओ जाी गर्न लागेका हुन् । 

एनसी एग्रोटेक इन्डस्ट्रिज लिमिटेडको शेयर निष्कासनमा ग्लोबल आईएमई क्यापिटल रहेको छ भने दाउन्ने एग्रो फार्मको शेयर निष्कासनमा सिटिजन्स क्यापिटल र जस्मिन पेन्टसको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेका छन् । 

यसैगरी तीनवर्ट लघु बीमा कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि आवेदन दिएका हुन्। यी कम्पनीहरुको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ । 

Advertisment

थप समाचार