काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १५.७० अंकले बढेर २५६६.०७ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ९.७८ अंकले बढेर २५५०.३६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २०७ कम्पनीको शेयरमूल्य बढेको छ । भने ४४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । आज बजारमा चार अर्ब १० करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा तीन अर्ब ९४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज साहस उर्जा कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २२ करोड ९१ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सागर डिष्ट्रिलरी र माबिलुङ झापा इनर्जी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो हो । एभरेष्ट बैंक डिबेञ्चरको शेयरमूल्य ३.५४ प्रतिशतले घटेको छ ।
Advertisment