Below Menu
Below Menu

टिकेन नेप्सेको वृद्धिः परिसूचक झिनो अंकले घट्यो, कारोबार रकम साढे तीन अर्बमा झर्यो 

टिकेन नेप्सेको वृद्धिः परिसूचक झिनो अंकले घट्यो, कारोबार रकम साढे तीन अर्बमा झर्यो 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.९८ अंकले घटेर २५६१.०८ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से १५.७० अंकले बढेर २५६६.०७ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ७७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज नौ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ७७ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा चार अर्ब १० करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज बरुण हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २७ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा दरम खोला हाइड्रो इनर्जी र माबिलुङ झापा इनर्जी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो हो । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ६.०३ प्रतिशतले घटेको छ । 

Advertisment

थप समाचार