Below Menu
Below Menu

सोल्टी होटल र साहस उर्जाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सोल्टी होटल र साहस उर्जाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : सोल्टी होटल र साहस उर्जा लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि सोल्टी होटलले भाेली अर्थात मंसिर ५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्दैछ भने साहस उर्जाले भाेली (मंसिर ५ गते) एक दिनका लागि बुकक्लोज गर्दैछ। 

जस अनुसार आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा भाग लिन र कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सोल्टी होटलले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १६.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। 

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले मंसिर २८ गते, आइतबार,५१ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा त्रिभुवन आर्मी अफिसर्स क्लब सभामण्डप हल, टुँडिखेल, सुन्धारा, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ।

त्यस्तै, साहस उर्जाले लाभांश पारित गर्न मंसिर २४ गते, बुधबार,१२ औँ वार्षिक साधारण सभा बोलाएको छ।उक्त सभा कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २१ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

यसका साथै सभाले गत आर्थिक वर्षको साधारण सभाले पारित गरेको शतप्रतिशत हकप्रद शेयरलाई संशोधन गरी हाल बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र चालु आवको लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

Advertisment

थप समाचार