काठमाडौं : सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले मंसिर २६ गते, पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।।
उक्त सभा स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजी एक अर्ब १७ करोड ३२ लाख रुपैयाँको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, चालु आवका लागि लेखापरीक्षक निुयक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थागत जमानी सम्बन्धमा, संस्थागत सुशासन सम्बन्धि प्रतिवेदन स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते बुकक्लोज गर्ने भएको छ। जसअनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन पाउनेछन् ।
Advertisment