Below Menu
Below Menu

झिनो अंकले घट्यो शेयर बजार, साढे चार अर्बमा समेटियो कारोबार 

झिनो अंकले घट्यो शेयर बजार, साढे चार अर्बमा समेटियो कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.९३ अंकले घटेर २५६०.१५ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ४.९८ अंकले घटेर २५६१.०८ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ११२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज छ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा चार अर्ब ६८ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा तीन अर्ब ७७ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज साहस उर्जा लिमिटेड कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४१ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा धौलागिरी लघुवित्त वित्तीय संस्था, बन्दिपुर केवलकार एण्ड टुरिजम र झापा इनर्जी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो हो । बुंगल हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.०५ प्रतिशतले घटेको छ । 

Advertisment

थप समाचार