Below Menu
Below Menu

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा, पुस ४ गते बोलायो साधारणसभा 

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा, पुस ४ गते बोलायो साधारणसभा 

काठमाडौं : सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५.२६४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो  । 

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२६४२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस ४ गते, शुक्रबार, १६ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा होटल इम्पेरियलमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १७ गतेदेखि पुस ४ गतेसम्म बुकक्लोज गर्ने भएको छ। जसअनुसार मंसिर १६ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Advertisment

थप समाचार