Below Menu
Below Menu

श्रीनगर एग्रीटेक इन्डष्ट्रीजकाे आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबार आउने 

श्रीनगर एग्रीटेक इन्डष्ट्रीजकाे आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबार आउने 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेडको आईपीओ सूचीकृत भएको छ। शुक्रबार नेप्सेले कम्पनीको कम्पनीको एक करोड ६३ लाख १२ हजार ५०० कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ३२ लाख ६२ हजार ५०० कित्ता र संस्थापकको १ करोड ३० लाख ५० हजार कित्ता गरी कुल एक करोड ६३ लाख १२ हजार ५०० कित्ता शेयर सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० दशलमव ५९ रुपैयाँदेखि ३०१ दशलमव ७७ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर संकेत ‘एसएआईएल’ रहेको छ ।

कम्पनीको शेयर आइतबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपछि नियमित दोस्रो बजारमा कारोबार हुनेछ।

Advertisment

थप समाचार