Below Menu
Below Menu

२८५ मेगावाटको अपर तमोरमा लगानी गर्न हकप्रद जारी गर्दै सुपर मादी हाइड्रोपावर, सवा अर्ब लगानी जुट्ने 

२८५ मेगावाटको अपर तमोरमा लगानी गर्न हकप्रद जारी गर्दै सुपर मादी हाइड्रोपावर, सवा अर्ब लगानी जुट्ने 

काठमाडौं : सुपर मादी हाइड्रोपावर लिमिटेडले २८५ मेगावाटको क्षमताको माथिल्लो तमोर अर्धजलाशय आयोजनामा लगानी गर्ने भएको छ । 

तमोर इनर्जि प्रालिले ताप्लेजुङ जिल्लामा निर्माणाधीन अवस्थामा रहेको २८५ मेगावाट क्षमताको अपर तमोर जलविद्युत आयोजना निर्माणमा लगानी जुटाउनका लागि हकप्रद शेयर निष्कासन गर्ने भएको हो । 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजी दुई अर्ब २० करोड ५० लाख रुपैयाँको ५ प्रतिशतका दरले हुन आउने ११ करोड दुई लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख २ हजार ५०० कित्ता बोनस शेयर वितरण गर्ने भएको छ । 

प्रस्तावित बोनस शेयर वितरणपछि सुपर मादीको चुक्ता पुँजी बढेर दुई अर्ब ३१ करोड ५२ लाख रुपैयाँ पुग्ने छ। उक्त चुक्ता पुँजीको २ः१ को अनुपात अर्थात २ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा एक अर्ब १५ करोड ७६ लाख २५ हजार रुपैयाँ बराबरको एक करोड १५ लाख ७६ हजार २५० कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको हो । 

तमोर इनर्जि प्रालिले हाल ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। सुपर मादीले हकप्रद शेयर निष्काशन गरेर माथिल्लो तमोरमा एक अर्ब १५ करोड ७६ लाख रुपैयाँ लगानी गर्ने भएको हो। 

माथिल्लो तमोर अर्धजलाशय आयोजना बनाउन लगानी जुटेको छ। २०८१ जेठ २४ मा तमोर इनर्जीका अध्यक्ष पुष्पज्योति ढुंगाना र अगुवा बैंकको तर्फबाट एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले ऋण लगानी सम्झौतामा हस्ताक्षर गरेका थिए।

हकप्रद शेयर निष्कासनको प्रस्तावलाई कम्पनीले आगामी वार्षिक साधारण सभामा विशेष प्रस्तावको रूपमा पेस गर्नेछ। साधारण सभाबाट प्रस्ताव स्वीकृत भएपश्चात् मात्र धितोपत्र बोर्डको अनुमति लिएर हकप्रद शेयर निष्कासनको प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

Advertisment

थप समाचार