काठमाडौं : नेपाल राष्ट्र बैंकले आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित लाभांश स्वीृकत गरेको छ । कात्तिक २८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
संस्थाले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशतका दरले हुन आउने छ करोड ९६ लाख ३९ हजार ३९६ दशलमव ६० रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५ प्रतिशत अर्थात ३६ लाख ६५ हजार २३१ दशमलव ४० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कम्पनीले लाभांश वितरणको प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकबाट पेश गरिएकोमा थियो । राष्ट्र बैंकबाट संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गर्ने गरी सहमति प्रदान भएको हो ।
Advertisment