Below Menu
Below Menu

उच्च अंकले बढ्यो शेयर बजार, छ अर्ब २८ करोडमाथिको कारोबार

उच्च अंकले बढ्यो शेयर बजार, छ अर्ब २८ करोडमाथिको कारोबार

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३९.९२ अंकले बढेर २६००.२२ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ०.९३ अंकले घटेर २५६०.१५ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २३७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज दुई कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा ६ अर्ब २८ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा चार अर्ब ६८ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६५ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा सागर डिस्टिलरी र बन्दिपुर केवलकार एण्ड टुरिजम र झापा इनर्जी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो हो । पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य ७.६५ प्रतिशतले घटेको छ । 

Advertisment

थप समाचार