Below Menu
Below Menu

सात खर्बको वैदेशिक व्यापारमा पाँच खर्ब १५ अर्बको व्यापार घाटा !

सात खर्बको वैदेशिक व्यापारमा पाँच खर्ब १५ अर्बको व्यापार घाटा !

काठमाडौं : चालु आर्थिक वर्षको चार महिनामा नेपालले सवा पाँच खर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ । 

भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा सात खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापारमा नेपालले पाँच खर्ब १५ अर्ब ९५ करोड ५४ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो । 

गत वर्षको तुलनामा व्यापार घाटा ११.९९ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा नेपालले चार खर्ब ६० अर्ब ७१ करोड ७३ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

यस अवधिमा नेपालको वैदेशिक व्यापार २४.१८ प्रतिशतले बढेको छ । कात्तिक मसातसम्म नेपालले सात खर्ब दुई अर्ब ९४ करोड ७० लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी गत आवको सोही अवधिमा पाँच खर्ब ६६ अर्ब पाँच करोड ८७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।  

छ खर्बको आयात हुँदा ७७ प्रतिशतले बढ्यो निर्यात 

विभागका अनुसार यस अवधिमा आयात र निर्यात दुवैमा सुधार देखिएको छ । चार महिनामा छ खर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको भने करिब ९४ अर्बमाथिको वस्तु तथा सेवा निर्यात भएको छ।

कात्तिकसम्ममा आयात ७८.७१ प्रतिशत र निर्यात ७७.५१ प्रतिशतले बढेको छ । विभागका अनुसार यस अवधिमा छ खर्ब नौ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो । गत वर्षको सोही अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । 

यस अवधिमा ९३ अर्ब ४९ करोड ५७ लाख ७६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्ष ५२ अर्ब ६७ करोड सात लाख १० हजार रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात भएको थियो ।

यस अवधिमा नेपालले १४३ देशसँगको वैदेशिक व्यापार गरेको छ । जसमध्ये २८ देशसँगको व्यापार नाफामा छ भने ११५ देशसँगको व्यापार घाटामा रहेको छ । 

Advertisment

थप समाचार