प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई तत्काल बर्खास्ती गर्न जेनजी फ्रन्टको माग

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई तत्काल बर्खास्ती गर्न जेनजी फ्रन्टको माग

काठमाडौं : प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई तत्काल बर्खास्ती गर्न र उनले नियुक्ति दिलाएका परिवारका सदस्य र नातेदार सबैको नियुक्ति तत्काल खारेज गर्न नेपाल जेनजी फ्रन्टले माग गरेको छ। 

स्वकीय सचिव श्रेष्ठद्वारा आफ्नै श्रीमतीसहितका नातेदारलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिलाएको खबर आएपछि नेपाल जेनजी फ्रन्टले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै श्रेष्ठलाई तत्काल बर्खास्ती गर्न र उनले नियुक्ति दिलाएका परिवारका सदस्य र नातेदार सबैको नियुक्ति तत्काल खारेज गर्न माग गरेको हो।
 
राज्यको कार्यकारी प्रमुखको सचिवालयजस्तो संवेदनशील निकायमा नातावाद, कृपावाद र पारिवारिक सम्बन्धका आधारमा नियुक्ति हुनु पदको दुरुपयोग भएको नेपाल जेनजी फ्रन्टले बताएको छ । 

सुशासन, नैतिकता, जवाफदेहीता र पारदर्शीताविरुद्धको प्रत्यक्ष प्रहार भएको नेपाल जेनजी फ्रन्टको ठहर छ । 

सुशासन र जवाफदेहीताको नाराका बलमा बनेको सरकारमा पुनः नातावाद र कृपावादमा आधारित नियुक्ति कसरी सम्भव भयो रु प्रधानमन्त्री कार्यालयका तर्फबाट तत्काल स्पष्टीकरणसहित सत्यतथ्य जानकारी दिनुपर्ने जेनजी फ्रन्टको माग छ । 

थप समाचार