Below Menu
Below Menu

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, कारोबार रकम सात अर्ब तीन करोडमाथि 

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, कारोबार रकम सात अर्ब तीन करोडमाथि 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४७.२२ अंकले बढेर २६२२.४४ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से ३९.९२ अंकले बढेर २६००.२२ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २१५ कम्पनीको शेयरमूल्य बढेको छ । भने ३७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज छ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा सात अर्ब तीन करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ६ अर्ब २८ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २४ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा झापा इनर्जी, सागर डिस्टिलरी र बन्दिपुर केवलकार एण्ड टुरिजम र झापा इनर्जी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो हो । माबिलुङ इनर्जीको शेयरमूल्य ४.४४ प्रतिशतले घटेको छ ।
 

Advertisment

थप समाचार