काठमाडौं : हिमालयन क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले मंसिर २८ गते, आठ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय आई टी प्लाजा कमलादी काठमाडौँमा बिहान ११ बजे हुनेछ ।
सभाले गत आवको वित्तीय वितरणमाथि छलफ गर्ने, लाभांश वितरण र चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
Advertisment