Below Menu
Below Menu

बुडोल सामुदायिक साकोसको २६औँ साधारण सभा सम्पन्न, सदस्यलाई ८ प्रतिशत लाभांश

साधारण सभामा ५६.२१ प्रतिशत सदस्यको उपस्थिति

बुडोल सामुदायिक साकोसको २६औँ साधारण सभा सम्पन्न, सदस्यलाई ८ प्रतिशत लाभांश

काठमाडौं : बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. बनेपा, काभ्रेको २६ औं वार्षिक साधारण सभाको एकाइ बैठकबाट भएका निर्णयहरुलाई एकाइ प्रतिनिधिहरुको निर्णय प्रमाणित सभाले पारित गरेसँगै संस्थाको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

संस्थाले सहकारी संस्थाको साधारण सभा (कार्यव्यवस्था) निर्देशिका, २०७६ बमोजिम एकै साथ एकै समय तालिकामा साधारण सभाको चार वटा एकाइ बैठकको आयोजना गरी समान कार्यसूचीहरुउपर छलफल गरी मंसिर ६ गते एकाइ बैठकहरु सम्पन्न गरेको थियो । साधारण सभाको एकाई बैठकहरुमा कुल सदस्य संख्याको ५६.२१ प्रतिशत सदस्यहरुको उपस्थिति थियो ।

साधारण सभाले आर्थिक वर्ष ०८१/०८२ को मुनाफाबाट सदस्यहरुलाई ८ प्रतिशतका दरले लाभांश र संरक्षित पूँजी फिर्ता कोषमार्फत सदस्यहरुले बचतमा गरेको योगदानको लागि २.८ प्रतिशत र ऋणमा गरेको योगदानको लागि २.५ प्रतिशतका दरले अतिरिक्त लाभ वितरण गर्ने निर्णय गरेको छ ।

साधारण सभाले संस्थाको आफ्नै भवन निर्माण गर्न र सदस्यहरुको शेयर रकम समान रुपमा दश हजार कायम गर्न सञ्चालक समितिलाई जिम्मेवारी दिएको छ ।

सभामा पेश गरिएको अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०८१/०८२ मा चार करोड सत्र लाख चौरासी हजार छसय बहत्तर रुपैयाँ चौसठ्ठी पैसा सञ्चालन मुनाफा गरेको छ ।

सोही अवधिमा संस्थाको कुल सम्पत्ति दुई अर्ब बाह्र करोड सतहत्तर लाख बीस हजार दुईसय पैतीस रुपैयाँ छयासी पैसा, बचत हिसाब एक अर्ब बहत्तर करोड सत्र लाख दश हजार अठार रुपैयाँ पचासी पैसा, शेयर पूँजी सत्र करोड एक्काइस लाख उनान्नब्बे हजार सातसय रुपैयाँ, संस्थागत पूँजी अठार करोड पैतालिस लाख अड्सठ्ठी हजार एकचालीस रुपैयाँ एक्काईस पैसा, लगानीमा रहेको ऋण एक अर्ब चौतिस करोड उनान्पचास लाख बत्तीस हजार एकहत्तर रुपैयाँ चालिस पैसा रहेको छ।

Advertisment

थप समाचार