काठमाडौं : नेपाल धितोपत्र बोर्डले सालपा विकास बैंक लिमिटेडलाई सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।
बोर्डले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्न सोमबार कम्पनीलाई अनुमति दिएको हो ।
बोर्डको अनुमति पाएसँगै कम्पनीले १७ करोड २३ लाख १८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ जारी गर्नेछ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
Advertisment