काठमाडौं : सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । मंसिर ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको हो।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको थियो। उक्त बोनस शेयर वितरणपश्चात कायम हुने चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो।
उक्त हकप्रद शेयर निष्कासनबाट संकलित रकम कम्पनीको ऋण चुक्ता गर्न प्रयोग गरिने निर्णय पनि सो बैठकले गरेको छ। सो प्रस्ताव आगामी वार्षिक साधारण सभामा पनि पेश गरिनेछ।
Advertisment