काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.३२ अंकले बढेर २६५५.९९ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ४७.२२ अंकले बढेर २६२२.४४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १२२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा पाँच अर्ब ८२ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा सात अर्ब तीन करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज बन्दिपुर केवलकार एण्ड टुरिजम कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २६ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा झापा इनर्जी र सागर डिस्टिलरी कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो हो । जोशी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ४.९६ प्रतिशतले घटेको छ ।
Advertisment