सहकारी प्राधिकरणमा दर्ता अभिलेखीकरण सुरु, ६० दिनभित्र अनुमतिपत्र लिनुपर्ने

सहकारी प्राधिकरणमा दर्ता अभिलेखीकरण सुरु, ६० दिनभित्र अनुमतिपत्र लिनुपर्ने

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको दर्ता, अभिलेखीकरण कार्य आजबाट सुरु गरेको छ। प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले एक कार्यक्रमको बीच सफ्टवेयर लञ्च (अनलाइन पोर्टल)को सार्वजनिक गरेका थिए । अनलाइन पोर्टल सार्वजनिक भएसँगै दर्ता अभिलेखीकरणको काम सुरु भएको छ।

Sponsored Advertisement

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सम्पूर्ण प्रकृतिका सहकारीले प्राधिकरणबाट अनुमतिपत्र लिनुपर्ने कानुनी व्यवस्था छ । प्राधिकरणले सम्पूर्ण काम अनलाईनबाटै गर्न सकिने व्यवस्था मिलाएको छ । सहकारीहरुले अनुपतिपत्रका लागि https://fcrs.ncra.gov.np/login?redirect=%2Fdashboard मा जानुपर्ने हुन्छ ।

सहकारीहरुले आफ्नो संस्थाको इमेल राखेर युजर क्रिएट गर्नुपर्ने हुन्छ । युजर क्रिएर भएपछि प्राप्त निर्देशनहरु भरेर समिट गरेपछि प्राधिकरणबाट भेरिफिकेशनको काम हुन्छ । सबै विवरणहरु ठीक भएको अवस्थामा अनलाईन सिस्टमबाटै सहकारीले अनुमतिपत्र प्राप्त हुने प्राधिकरणले जनाएको छ।

सहकारी संस्थाले अभिलेखीकरणको कुनै पनि कामका लागि प्राधिकरणमा धाउनु नपर्ने प्राधिकरणका कार्यकारी निर्देशक डा. शेषनारायण पौडेलले बताए ।

‘सहकारीहरूले युजरनेम र पासवर्ड लिएर आफ्नै कार्यालयबाट तोकिएका विवरण र कागजातहरू अपलोड गर्न सक्नेछन्,’ पौडेलले भने, ‘प्राप्त विवरणहरू हाम्रो एडमिन प्यानलबाट भेरिफाई भएपछि सफ्टवेयरले नै स्वतः सञ्चालन अनुमतिपत्र (लाइसेन्स) जेनेरेट गर्नेछ, जुन सहकारी संस्थाले आफैं प्रिन्ट गरेर राख्न सक्नेछन् ।’

 

 

थप समाचार