युवाको ढुकढुकी, महिलाको सारथी बन्दै विकू
गैंडाकोट (नवलपुर) : विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना लोकप्रिय बचत तथा ऋणका सेवामा थप सेवा विस्तार गरेको छ। संस्थाले ‘युवा उद्यमी ऋण’ र ‘खुसी नारी बचत’को सेवा विस्तार गरेको हो। बुधवार एक कार्यक्रमको बीच संस्थाको २४ वटै सेवा केन्द्रबाट एकसाथ सुचारु एवम् शुभारम्म गरिएको छ।
युवा उद्यमशीलतालाई प्रोत्साहन गर्न र महिलाहरूमा बचतको बानी बसाल्दै आर्थिक सशक्तिकरण गर्ने उद्देश्यका साथ संस्थाले सेवा विस्तार गरेको हो ।
युवा सदस्यहरूलाई लक्षीत गरी उद्यम गर्न प्रोत्साहित गर्नु र भविष्यमा कुनै व्यापार, व्यावसायलाई थपविस्तार गरी उद्यमी र उद्योगी बनाउनका लागि युवा उद्यमी ऋण सदस्यमाझ ल्याएको संस्थाले जनाएको छ।

साथै खुसी नारी समृद्घ सहकारी बनाउनका लागि ‘खुसी नारी बचत’ योजनाको मुख्य उद्देश्य रहेको छ। संस्थामा आबद्ध महिला सदस्यहरूलाई बचत गर्न प्रोत्साहित गर्नु, उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनु र वित्तीय साक्षरता वृद्धि गर्नका लागी नया बचत योजनाको लक्ष्य रहेको छ।
कार्यक्रममा स्थानीय २०० जना युवा सदस्यहरू र ३०० जना महिला सदस्यहरूको उत्साहजनक उपस्थिति थियो। केन्द्रीय कार्यालयमा उपस्थीत युवा सदस्यको तर्फबाट अमृत सापकोटाले युवा केन्द्रीत कार्यक्रले युवालाई स्वदेशमै बसेर उद्यमशिल बन्नका लागि आकर्षक योजना आएको र धैरै युवाहरु यसमा सहभागी हुने बताए।
त्यस्तै महिला सदस्यको तर्फबाट दुुर्गा कंडेलले संस्थाले सधैं सदस्य केन्द्रीत नयाँ सेवाहरु थप गर्दै, सेवालाई परिस्कृत गर्दै, सामाजिक सुरक्षाका कार्यक्रमसँगै खुसी नारी बचत योजना ल्याएकोमा अत्यन्त खुसी भएको र सबैजना यस बचतमा सहभागी हुने जानकारी गराए।
युवा उद्यमी ऋण
• लक्षीत वर्ग : १८ वर्षदेखि ४० वर्षसम्मका युवा सदस्य
• ऋणको सीमा : अधिकतम रु.२० लाख सम्म लगानी
• घरवाटै ऋण सुविधा (Loan From Home)
• ब्याजदर : ६.४९% रहने र सेवा शुल्क शतप्रतिशत छुटको व्यवस्था ।
• भुक्तानी अवधि : अधिकतम १० वर्षसम्म त्रैमासीक किस्ता भुक्तानी, मासिक रुपमा व्याज भुक्तानी गरेमा ०.५% व्याज रकममा छुटको व्यवस्था ।
• ऋण लगानी भएको कम्तीमा १ वर्ष व्यावसायको निरन्तरता, नियमित किस्ता भुक्तानीको आधारमा विकू युवा उद्यमी कार्ड प्रदान गरिने ।
• विकू युवा उद्यमी कार्ड प्राप्त गरेका सदस्यले अन्य बचतका सेवाहरुमा थप व्याजको सुविधा र ऋणको व्याजमा छुटको व्यवस्था ।
• यस योजनामा संलग्न सदस्यहरुको रु.५लाख सम्मको दुर्घटना विमाको व्यवस्था।
• ७२ घण्टा भित्र ऋण लगानीे ।
खुसी नारी बचत
✓ यस योजनामा सहभागी सदस्यलाई विकू खुसि सदस्य परिचय कार्ड (VYCCU Happy Member Card) उपलब्ध
✓ खुसी नारी बचत खातामा सहभागी हुने सदस्यका लागी महिला सँग सम्वन्धीत परामर्श तथा स्वास्थ्य चेक जाँचको व्यवस्था
✓ भान्छा साक्षरता कक्षा संचालन गरी स्वस्थ्य र सुरक्षीत खानपानका लागी अभिमुखीकरण
✓ विशेष पर्वहरुमा उपहार तथा छुटका योजनाहरु उपलब्ध । जस्तै श्रावण महिनामा मेहन्दी तथा हरियो चुरा, तिजमा टिका, पोते आदी ।
✓ ६.९% व्याजदरमा मोवाईल फोन, टिभि,वासिङ्कमेसिन, फ्रिज, ए.सि.,माईक्रो ओभन, इन्डक्सन चुलो, घरायसी उपकरण, विद्युतिय सामग्री, फर्निचर साथै घरायसी सामाग्रीहरुको लागि ऋण (Hassle-free Small Loan) उपलब्ध गराईने छ।
✓ योजनामा संलग्न सदस्यहरुको रु.२ लाख सम्मको दुर्धटना विमाको व्यवस्था ।
Advertisment