Below Menu
Below Menu

कृषि विकास बैंकसहित छ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

कृषि विकास बैंकसहित छ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

काठमाडौं : कृषि विकास बैंकसहित छ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बिहिबार कृषि विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि शाइन रेसुङ्गा, सर्वोत्तम सिमेन्ट र निफ्राले भोली अर्थात मंसिर १२ गते बुकक्लोज गर्दैछन् भने कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरले मंसिर १४ गते आइतबार बुकक्लोज गर्दैछन्। जसअनुसार आजसम्म भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा भाग लिन र कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

शाइन रेसुङ्गाले मंसिर २६ गते, शुक्रबार, १७ औं वार्षिक साधारणसभा बोलाएको छ । उक्त होटल सेफ्रन सि.के.प्रा.लि, बुटवल, रुपन्देहीमा दिउँसो १२ः३० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

सर्वोत्तम सिमेन्टले लाभांश प्रस्ताव पारित गर्न मंसिर २६ गते सातौँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभाहोटल सिद्धार्थ भिलासा, भैरहवा, रुपन्देहीमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले मंसिर २३ गते, सातौँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वट, बत्तिसपुतली, काठमाडौँमा बिहान ९ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।

गत आर्थिक वर्षको प्रस्तावित लाभांश पारित गर्न कृषि विकास बैंकले मंसिर २९ गते, १९ औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ३.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ९.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, सभाले अविमोच्य असंचिति अग्राधिकार शेयरधनीहरुलाई तोकिएबमोजिम कर प्रयोजनार्थसहित चुक्तापूँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

बरुण हाइड्रोपावरको २२ औँ वार्षिक साधारण सभा मंसिर २६ गते, शुक्रबार, स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा बिहान ९ः३० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक निुयक्त गर्ने, संस्थागत सुशासन सम्बन्धि प्रतिवेदन स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

ङादी ग्रुप पावरले लाभांश प्रस्ताव पारित गर्न मंसिर २५ गते १२ औं वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा बिहान ९ः३० बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थागत सुशासन सम्बन्धि प्रतिवेदन स्विकृत गर्ने, सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने र चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

Advertisment

थप समाचार