काठमाडौं : गत असोज १८ गते यताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा कूल करिव तीन अर्ब ७७ करोड ४२ लाखको ७४४ वटा प्रारम्भिक बीमा दाबीको परेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार दाबी रकममध्ये हालसम्ममा करिव एक करोड १४ लाख बीमितहरुलाई भुक्तानी भएको छ ।
विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक जानकारी अनुसार, निर्जीवन बीमा कम्पनीहरुबाट सम्पत्ति बीमा तर्फ ४०५ वटा दाबीको दाबी रकम करिब तीन अर्ब २१ करोड ५० लाखमध्ये करिव ६४ लाख रुपैयाँको बीमा दाबी भुक्तानी भएको छ ।
त्यस्तै इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०४ वटा दाबीको करिव रु. ४७ करोड ६६ लाखमध्ये करिव रु. एक लाख ५४ हजार, कृषि तथा बाली बीमातर्फ २१० वटा दाबीको करिव रु. ४ करोड १४ लाखमध्ये करिव रु. एक लाख र मोटर बीमा (निजी) तर्फ ४० वटा दाबीको करिव रु. २ करोड ८२ लाखमध्ये करिव रु. ४८ लाख बीमितलाई भुक्तानी भएको छ ।
मोटर बीमा (सार्वजनिक) तर्फ १० वटा दाबीको करिव रु. १ करोड ८ लाख, अन्य बीमातर्फको २ वटा दाबीको करिव रु. १२ र सामुद्रिक बीमातर्फ ३ वटा दाबीको करिव रु. १० को बीमा दाबी भुक्तानी शुरु भएको छैन ।
Advertisment