काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६.५१ अंकले घटेर २६४९.५२ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से १०.४३ अंकले बढेर २६७३.०३ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ४५ कम्पनीको शेयरमूल्य बढेको छ । भने २११ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा सात अर्ब आठ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा छ अर्ब ६६ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २३ करोड पाँच लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सागर डिस्टिलरी कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो हो । एआईएमबी डिबेञ्चरको शेयरमूल्य ८.९९ प्रतिशतले घटेको छ ।
Advertisment