बिजनेश ईन्टरेष्ट ग्रुप अफ इन्डष्ट्रिजको लाभांश घोषणा, आईपीओ पनि निष्कासन गर्ने 

बिजनेश ईन्टरेष्ट ग्रुप अफ इन्डष्ट्रिजको लाभांश घोषणा, आईपीओ पनि निष्कासन गर्ने 

काठमाडौं : बिजनेश ईन्टरेष्ट ग्रुप अफ इन्डष्ट्रिज लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६.३१६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

लाभांश वितरणको प्रस्ताव पारित गर्न कम्पनीले पुस ७ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा लेमन ट्रि प्रिमियर बुढानिलकण्ठ नगरपालिका १ तौलुङ काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

यसका साथै धितोपत्र सार्वजनिक निष्कासन गर्ने, कम्पनीको अधिकृत र जारी पुँजी वृद्धि गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर २६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार मंसिर २५ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

थप समाचार