Below Menu
Below Menu

झिनो अंकले घट्यो शेयर बजार, साढे चार अर्बमा समेटियो कारोबार 

झिनो अंकले घट्यो शेयर बजार, साढे चार अर्बमा समेटियो कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.२८ अंकले घटेर २६४५.२४ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से २६.५१ अंकले घटेर २६४९.५२ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १२४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ७१ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा सात अर्ब आठ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज युनाइडेड मोदी हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २७ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा सागर डिस्टिलरी र स्वस्तिक लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको होे । निफ्रा ग्रिन इनर्जी डिबेञ्चरको शेयरमूल्य ९.५१ प्रतिशतले घटेको छ ।
 

Advertisment

थप समाचार