Below Menu
Below Menu

सुपर मादी हाइड्रोपावर र माउन्टेन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सुपर मादी हाइड्रोपावर र माउन्टेन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : सुपर मादी हाइड्रोपावर र माउन्टेन इनर्जी नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माउन्टेन इनर्जीले भोली एक दिनका लागि बुकक्लोज गर्दैछ भने सुपर मादी हाइड्रोपावरले भोलीदेखि पुस ४ गतेसम्म बुकक्लोज गर्दैछ। 

जसअनुसार आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा भाग लिन र कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सुपर मादी हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२६४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस ४ गते, शुक्रबार, १६ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा होटल इम्पेरियलमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

त्यस्तै, माउन्टेन इनर्जीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न मंसिर २९ गते साधारण सभा बोलाएको छ।

Advertisment

थप समाचार