काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.५३ अंकले घटेर २६४४. ७० बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ४.२८ अंकले घटेर २६४५.२४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १२५ कम्पनीको शेयरमूल्य बढेको छ । भने ११९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ४८करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा चार अर्ब ७१ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज युनाइडेड मोदी हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३१ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी, माबिलुङ इनर्जी, बुंगल हाइड्रो र श्रीनगर एग्रीटेक इन्डष्ट्रिज रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको होे । ग्रिन भेन्चर कम्पनीको शेयरमूल्य ९.८५ प्रतिशतले घटेको छ ।
Advertisment