Below Menu
Below Menu

सिक्लेस हाइड्रोपावर र आइसिएफसि फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

सिक्लेस हाइड्रोपावर र आइसिएफसि फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

काठमाडौं : सिक्लेस हाइड्रोपावर र आइसिएफसि फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि सिक्लेसले मंसिर १८ गते बुकक्लोज गर्दैछ भने आइसिएफसि फाइनान्सले मंसिर १९ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। 

जसअनुसार भोली अर्थात मंसिर १८ गते उधौली पर्व तथा योमरी पुन्हीको सार्वजनिक बिदा परेका कारण आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले यी दुई कम्पनीहरुको साधारण सभामा भाग लिन र कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सिक्लेस हाइड्रोपावरले मंसिर २९ गते २१ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा आभ्या क्लब, घारीपाटन, पोखरा, कास्कीमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश र बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, हकप्रद जारी गर्दा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समिति चयन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यसैगरी लाभांश प्रस्ताव पारित गर्न आइसिएफसि फाइनान्सले मंसिर २९ गते २२ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १५.७८९५ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशेधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

Advertisment

थप समाचार