Below Menu
Below Menu

सहकारीको व्यावसायिक कारोबार अनिवार्य रूपमा संस्थाकै खातामार्फत गर्न निर्देशन

सहकारीको व्यावसायिक कारोबार अनिवार्य रूपमा संस्थाकै खातामार्फत गर्न निर्देशन

काठमाडौं : सहकारी विभागले सहकारी संस्थाहरुलाई व्यावसायिक कारोबार व्यक्तिगत खातावाट नगर्न निर्देशन जारी गरेको छ ।

विभागले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ अन्तर्गत सहकारी संस्थाहरूलाई वित्तीय संस्थाको रूपमा परिभाषित गर्दै, सबै व्यावसायिक कारोबार अनिवार्य रूपमा संस्थाकै खातामार्फत गर्न र गराउन भनेको हो । 

विभागका अनुसार कुनै पनि सहकारी संस्थाले व्यावसायिक कारोबारसँग सम्बन्धित रकम संस्थाको खाता बाहेक अन्य कसैको व्यक्तिगत खातामा भुक्तानी दिन वा लिन पाइने छैन।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०८१ को नियम १० र आयकर ऐन, २०५८ को दफा ८१ क को व्यवस्था बमोजिम यो निर्देशन जारी गरिएको हो।

आयकर ऐनको दफा ८१ क व्यवस्था बमोजिम व्यावसायिक कारोबारबापत प्राप्त नगद, चेक, क्यू आर कोड तथा अन्य विद्युतीय माध्यम बाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पूर्णतः निषेध गरेको छ।

यदि कुनै संस्थाले यो व्यवस्थाको उल्लङ्घन गरी व्यावसायिक कारोबार व्यक्तिगत खाताबाट गरेको पाइएमा, सम्बन्धित वित्तीय संस्थाले तत्काल वित्तीय जानकारी इकाई र आन्तरिक राजस्व विभाग लाई प्रतिवेदन गर्नुपर्ने छ।

‘कानूनी व्यक्ति वा कानूनी प्रबन्धले व्यावसायिक कारोबारसँग सम्बन्धित रकम त्यस्तो कानूनी व्यक्ति वा कानूनी प्रबन्धक खाता बाहेक अन्य कसैको व्यक्तिगत खातामा भुक्तानी दिने वा लिने गरेको पाइएमा वा प्रचलित कानून बमोजिम बाहेक व्यक्तिगत बचत खातालाई व्यावसायिक कारोबारको माध्यम बनाइएको पाइएमा सम्बन्धित वित्तीय संस्थाले सोको जानकारी वित्तीय जानकारी इकाई र आन्तरिक राजस्व विभागलाई दिनु पर्नेछ’, जारी निर्देशनमा भनिएको छ । 

Advertisment

थप समाचार