Below Menu
Below Menu

दोहोरो अंकले घट्यो शेयर बजार, पाँच अर्ब २३ करोडमाथिको कारोबार 

दोहोरो अंकले घट्यो शेयर बजार, पाँच अर्ब २३ करोडमाथिको कारोबार 

काठमाडौं : साताको चाैथाे कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ०.५३ अंकले घटेर २६४४.७० बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ७४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा पाँच अर्ब २३ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा चार अर्ब ४८ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज बन्दिपुर केवलकार एण्ड टुरिजमको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १८ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा सागर डिस्टिलरी,झापा इनर्जी र मिथिला लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको होे । सामलिङ पावर कम्पनीका शेयरमूल्य २.८५ प्रतिशतले घटेको छ ।

Advertisment

थप समाचार