काठमाडौं : क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३०.९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लाभांश वितरणको प्रस्ताव पारित गर्न कम्पनीले पुस ११ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा एटिक्ट रेष्टुरेन्ट ज्ञानेश्वर काठमाडौंमा दिउँसो ३ः३० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १०.९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले गत आर्थिक वर्षको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियक्त गरी निजको पारिश्रमिक निर्धारण गर्र्ने लगायतका प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले कम्पनीको हाल कायम चुक्ता पुँजी र सञ्चित मुनाफाको जम्मा रकम भन्दा बढीको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम अनुमोदन गर्ने कम्पनीको अधिकृत र जारी पुँजी वृद्धि गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्ताव पारित गर्नेछ।
Advertisment