Below Menu
Below Menu

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार रकम पाँच अर्ब ३३ करोड 

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार रकम पाँच अर्ब ३३ करोड 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २१.४८ अंकले घटेर २६०९.६९ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से १३.५२ अंकले घटेर २६३१.१७ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ४६ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा पाँच अर्ब ३३ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा पाँच अर्ब २३ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सागर डिष्ट्रिलरी कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४३ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको होे । बुंगल हाइड्रो कम्पनीको शेयरमूल्य ८.५१ प्रतिशतले घटेको छ ।
 

Advertisment

थप समाचार