Below Menu
Below Menu

रिज लाइन इनर्जीलाई आईपीओ जारी गर्न सेबोनको स्वीकृति 

रिज लाइन इनर्जीलाई आईपीओ जारी गर्न सेबोनको स्वीकृति 

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले रिज लाइन इनर्जी लिमिटेडलाई सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । सेबोनले कम्पनीलाई प्रति कित्ता १०० रुपैयाँ अंकित शेयर जारी गर्न स्वीकृति प्रदान गरेको हो ।

कम्पनीले २६ करोड सात लाख रुपैयाँ बराबरको २६ लाख सात हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो ।

उक्त आईपीओ आयोजना प्रभावित स्थानीयसमेत सर्वसाधारणका लागि खुला गरिनेछ । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Advertisment

थप समाचार