एसवाई प्यानल नेपालको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ? 

एसवाई प्यानल नेपालको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ? 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ सूचीकृत भएको छ। मंगलबार नेप्सेले कम्पनीको एक करोड ३० लाख ८१ हजार ३७१ कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ५२ लाख ३२ हजार ५८४ कित्ता र संस्थापकको ७८ लाख ४८ हजार ८२३ कित्ता गरी कुल एक करोड ३० लाख ८१ हजार ३७१ कित्ता शेयर सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०६ दशलमव ६१ रुपैयाँदेखि ३१९ दशलमव ८३ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर संकेत ‘एसवाईप्यानल’ रहेको छ ।

कम्पनीको शेयर बुधबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपछि नियमित दोस्रो बजारमा कारोबार हुनेछ।

थप समाचार