Below Menu
Below Menu

नेप्से परिसूचकमा सामान्य सुधार, बढ्न सकेन कारोबार  

नेप्से परिसूचकमा सामान्य सुधार, बढ्न सकेन कारोबार  

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७.०९ अंकले बढेर २६१४.०७ बिन्दुमा बन्द भएको हो । सोमबार ३.०२ अंकले घटेर २६०६.६७ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १४८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १०१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज नौ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ७५ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा चार अर्ब ६६ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३१ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको होे । हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य ३.८८ प्रतिशतले घटेको छ ।
 

Advertisment

थप समाचार