Below Menu
Below Menu

चुनावबाट पूराना पार्टीहरु आएभने राजसंस्थाको मुद्दा ओझेलमा पर्छः रविन्द्र मिश्र

चुनावबाट पूराना पार्टीहरु आएभने राजसंस्थाको मुद्दा ओझेलमा पर्छः रविन्द्र मिश्र

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रले हाल घोषणा गरिएको चुनावले राजनीतिलाई सहि बाटो ल्याउन सक्छ भन्नेमा शंका व्यक्त गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित राप्रपाको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै उनले जेनजी पुस्ता चुनाव नै विकल्प हो, चुनावले नै निकास दिन्छ भनिरहेको अवस्थामा उनीहरुले चुनावले सोचेजस्तो राजनीति सहि बाटोमा ल्याउन नसक्ने कुरा बुझ्न जरुरी रहेको पनि बताएका हुन् ।

उनले भने, ‘के जेनजी आन्दोलन ८४ सालको चुनाव ८२ सालमा सार्नको लागि भएको थियो रु के जेनजी आन्दोलन तत्काल चुनाव गरेर केही नयाँ अनुहार र केही नयाँ पार्टीहरु थप्नको लागि भएको थियो ?, के जेनजी आन्दोलन यथास्थितिको निरन्तरताको लागि भएको थियो ? यदि थिएन भने जेनजी पुस्ता चुनाव नै विकल्प हो, चुनावले नै निकास दिन्छ भनिरहनु भएको छ । तर सबैभन्दा पहिला के बुझ्नु पर्छ भने अहिलेको चुनावले तपाईहरुले सोचे जस्तो राजनीति सहि बाटोमा आउदैँन् ।’

यस्तै, उनले यस पटक राजनीतिक दल, जेनजी पुस्ता र राजसंस्थाबीच नविन समझदारी बिना चुनाव भए पूरानै दलहरु शक्तिको वरिपरि आए भने राजसंस्थाको मुद्दा धेरै समय ओझेलमा पर्नसक्ने पनि बताए ।

देशमा संकट परेको बेला राष्ट्रपतिले राष्ट्रको नाममा सम्बोधन समेत गर्न नसकेको भन्दै देशमा राष्ट्रिय संकट पर्दा राष्ट्रपति कहाँ थिए र फेरि संकट भयो भने के सेनापतिले देशको जिम्मेवारी लिनुपर्ने हो भन्दै प्रश्न पनि गरे ।

देशमा सबैभन्दामाथि राजसंस्थालाई पुनस्थापना गर्नैपर्ने पनि उनको भनाई छ ।

Advertisment

थप समाचार