Below Menu
Below Menu

टिकेन नेप्सेको वृद्धि, परिसूचक र कारोबार दुवैमा गिरावट 

टिकेन नेप्सेको वृद्धि, परिसूचक र कारोबार दुवैमा गिरावट 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७.८६ अंकले घटेर २६०६.२० बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ७.०९ अंकले बढेर २६१४.०७ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ७९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज नौ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ७३ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा तीन अर्ब ७५ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज श्रीनगर एग्रीटेक कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २६ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा स्वस्तिक लघुवित्त वित्तीय संस्था र मुक्तिनाथ कृषि कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको होे । झापा इनर्जी लिमिटेड कम्पनीको शेयरमूल्य ९.३० प्रतिशतले घटेको छ ।
 

Advertisment

थप समाचार