Below Menu
Below Menu

नेपाल लाइफ इन्स्योरेन्ससहित चार कम्पनीको लाभांश घोषणा, कुनको कति ? 

नेपाल लाइफ इन्स्योरेन्ससहित चार कम्पनीको लाभांश घोषणा, कुनको कति ? 

काठमाडौं : दुई बीमा कम्पनीसहित चार कम्पनीले लाभांश घोषणा गरेका छन् । आईजीआई प्रुडेन्सियल, नेपाल लाइफ इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेका हुन् । 

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। मंसिर २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिका बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको छ। 

मंसिर २४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिका बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको करप्रयोजनका लागि १६.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीहरुको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयधनीहरुमा वितरण गरिनेछ।

यस्तै डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

मंसिर २५ गते बसेको लघुवित्तको सञ्चालक समितिका बैठकले संस्थाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६.५ प्रतिशत लाभांश वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ।

मंसिर २४ गते बसेको लघुवित्तको सञ्चालक समितिका बैठकले हाल कायम चुक्ता पूँजीको ६.५ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।

Advertisment

थप समाचार