Below Menu
Below Menu

प्राधिकरणबाट इजाजतपत्र पाउने पहिलो सहकारी बन्यो पोखरा रोयल, ११६० संस्था पोर्टलमा इन्ट्री

प्राधिकरणबाट इजाजतपत्र पाउने पहिलो सहकारी बन्यो पोखरा रोयल, ११६० संस्था पोर्टलमा इन्ट्री

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुका लागि सञ्चालन इजाजतपत्र जारी गर्न सुरु गरेको छ। प्राधिकरणबाट सञ्चालन इजाजतपत्र पाउने सहकारी पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि. कास्की बनेको छ ।

प्राधिकरणले मंसिर १० गते ‘सहकारी दर्ता पोर्टल’ सार्वजनिक गरेको थियो । प्राधिकरणले बुधबारबाट (२४ गते) सञ्चालन इजाजतपत्र जारी गर्न सुरु गरेको अध्यक्ष डा. खगराज शर्माले वित्तीय पोस्टलाई जानकारी दिए। ‘इजाजतपत्र नं. ००००१ परिक्षणको क्रममा इन्ट्रि भएको छ । प्राविधिक रुपले त्यलाई हटाउन मिल्दैन । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले इजाजतपत्र नं. ००००२ प्राप्त गरेको छ । पोखरा रोयल सहकारी प्राधिकरणबाट इजाजतपत्र पाउने पहिलो सहकारी बनेको छ’, अध्यक्ष शर्माले भने ।

हालसम्म १ सय १३ वटा सहकारीले सम्पूर्ण प्रक्रिया पुरा गरेको समेत उनले बताए । ती संस्थाहरुको क्रमश इजाजतपत्र अनलाइन सिस्टमबाटै जारी हुने उनले बताए । हालसम्म कोशी प्रदेशबाट १५, मधेश प्रदेशबाट १०, बागमती प्रदेशबाट ५०, गण्डकी प्रदेशबाट १७, लुम्बिनी प्रदेशबाट १७, कर्णाली प्रदेशबाट ३ र सुदूरपश्चिम प्रदेशबाट २ वटा सहकारीले दर्ता प्रक्रिया पुरा गरेको अध्यक्ष शर्माले बताए।

‘सहकारी दर्ता पोर्टल’मा हालसम्म ११ सय ६० सहकारी इन्ट्रि भएको उनको भनाई छ।
 

Advertisment

थप समाचार