काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडलाई सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । सेबोनले कम्पनीलाई प्रति कित्ता १०० रुपैयाँ अंकित शेयर जारी गर्न स्वीकृति प्रदान गरेको हो ।
कम्पनीले १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो ।
उक्त आईपीओ आयोजना प्रभावित स्थानीयसमेत सर्वसाधारणका लागि खुला गरिनेछ । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
Advertisment