Below Menu
Below Menu

झिनो अंकले घट्यो शेयर बजार, तीन अर्ब ४९ करोडमा खुम्चियो कारोबार 

झिनो अंकले घट्यो शेयर बजार, तीन अर्ब ४९ करोडमा खुम्चियो कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.६६ अंकले घटेर २६०७.३७ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ७.८६ अंकले घटेर २६०६.२० बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ९८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ४९ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा तीन अर्ब ७३ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १८ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा स्वस्तिक लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको होे । मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य ८.४२ प्रतिशतले घटेको छ ।
 

Advertisment

थप समाचार