काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सिटि होटल लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले कम्पनीको ८० प्रतिशत हकप्रद शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको एक करोड ३३ लाख ९२ हजार कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
Advertisment